प्रतिष्ठानको स्थापना
नेपाली साहित्यको धरातल अझ बढी फराकिलो पार्दै नेपाली साहित्यलाई सशक्त र समुन्नत बनाई विश्व साहित्यको समकक्षमा स्थापित गर्न सघाउने विशुद्ध भावना राखेर संघ–संस्था ऐन २०३४ अनुसार काठमाडौं जिल्ला कार्यालयमा — 'दायित्व वाङमय प्रतिष्ठान नेपाल २०५७' दर्ता भएको छ। यसले नेपाली साहित्यका सिर्जनशील अग्रज लेखकहरुलाई कदर एवं सम्मान गर्ने, नवोदित प्रतिभाहरुलाई प्रोत्साहित गर्ने र नेपाली साहित्यको श्रीबृद्धि गर्न छरिएर रहेका विभिन्न धारामा कलम चलाउने साहित्यकारहरुलाई एउटै विशुद्ध साहित्यिक धारामा समाहित गर्न प्रतिवद्ध रहने दृढ आकांक्षा सहित अगाडि बढ्ने यस प्रतिष्ठानको उद्देश्य रहेको छ।

उल्लेखित उद्देश्यको परिपूर्तिको लागि क्रमबद्ध रुपमा कार्य सञ्चालन गर्न एउटा कार्य समिति गठन गरिएको छ र सो कार्य समितिलाई यथोचित मार्गदर्शन गर्न एउटा सल्लाहाकार समितिको पनि व्यवस्था गरिएको छ।


  Dayitwa Wangmaya Pratisthan Dwara Prakasit
Message
publication
Book
Gallery
कार्यालय : घ २ - ३०२
एकता मार्ग,
चावहिल, काठमाडौं
फोन नं ४८६४७६
पो ब नं ६७६६, काठमाडौं
More..