प्रकाशनको उद्देश्यहरु
प्रचलित ऐन कानून र श्री ५ को सरकारको अधीनमा रही सम्बन्धित निकायसंग समन्वय एंव समान्जस्य कामय राखी कार्यक्रम सञ्चालन गर्ने गरी संस्थाका निम्नबमोजीम उद्देश्यहरु हुनेछन्।

  • प्रस्तावनामा उल्लेखित परिधिभित्र रही नेपाली भाषा, साहित्य, संस्कृति र कला परम्परा आदिको अध्ययन, अनुसन्धान, मनन, चिन्तन, लेखन तथा दायित्व प्रकाशनको माध्यमबाट नेपाली भाषा साहित्यको संरक्षण र विकास गर्दै नेपाली जातीलाई विश्वका भाषा एवं साहित्यको क्षेत्रमा विकसित देशको दा‘जोमा उठाउनु यस संस्थाको उद्देश्य रहेको छ।
     
  • देशका सहर बजार र गाउँघरका कुनाकुनामा रहेका भाषा साहित्यहरु र उनीहरुका कृतिलाई प्रकाशन एवं सम्मान गरी राष्ट्रियस्तरमा स्थापित गर्नु र लोकसाहित्य, कला संस्कृतिको अध्ययन अनुसन्धान, संरक्षण र प्रकाशन गर्ने यस संस्थाको उद्देश्य रहेको छ।
     
  • देशका गौरवशाली एवं ख्यातिप्राप्त साहित्य श्रष्टा भाषा साहित्यसेवीहरुको जन्मोत्सव, जन्मजयन्ती मनाउने, सम्भार गर्ने, गोष्ठी सम्मेलन, प्रतियोगिता आदि गर्ने र उनीहरुको सेवाको व्याख्या गर्दै यस फाँटमा संलग्न व्यक्ति वा शुभेच्छुकवर्गलाई प्रोत्साहन गर्ने यस संस्थाको उद्देश्य रहेको छ।
     
  • साहित्यकारहरु बीच आपसी स्नेह, सद्भाव सह्ृदयता र अनुभूतिको आदान प्रदान गर्न समय–समयमा भेटघाट, कार्यक्रम गर्ने यस संस्थाको उद्देश्य रहेको छ।
     
  • बार्षिक रुपमा दायित्वमा प्रकाशित विभिन्न विधाका उत्कृष्ट रचनाहरुलाई छनौट गरी प्रकाशित र पुरस्कृत गर्ने पनि यस संस्थाको उद्देश्य रहेको छ।

  • नेपाली साहित्यको क्षेत्रलाई सवल, सुदृढ र सक्षम बनाउँदै अन्तराष्ट्रिय साहित्यको दाँजोमा पुर्‍याउन थप टेवा पुगोस्, नवागन्तुक प्रतिभाशाली लेखकहरुलाई नेपाली साहित्यको विकासतर्फ जागरुक हुन थप प्रोत्साहन मिलोस्, छरिएर रहेका प्रतिभावान् लेखकहरुलाई साङ्गठित गराई एकसूत्रीय साहित्यीक धारमा लाग्नको निमित्त प्रेरणाप्रदान गर्ने वातावरण तयार गर्न सकियोस्, प्रतिष्ठित एवं विशिष्ट लेखक साहित्यकारहरुले यथोचित सम्मान पाउने वातावरण तयार हुन सकोस् भन्ने उद्देश्यले दायित्व परिवारका सिर्जनशील एवं जागरुक सदस्यहरुको सक्रियतामा २०४४ सालमा 'दायित्व' पत्रिकाको शुभारम्भ भएको हो।

  • करिब तीन वर्षसम्म सामयीक सङ्कलनको रुपमा प्रकाशीत भएर २०४६ सालमा दायित्व प्रकाशन प्रा.लि. दर्ता भएको र सोही अर्न्तगत प्रकाशन हुनेगरी काठमाडौं जिल्ला कार्यालयमा 'दायित्व' मासिकको रुपमा यो पत्रिका दर्ता भएको हो।

  Dayitwa Wangmaya Pratisthan Dwara Prakasit
Message
publication
Book
Gallery
कार्यालय : घ २ - ३०२
एकता मार्ग,
चावहिल, काठमाडौं
फोन नं ४८६४७६
पो ब नं ६७६६, काठमाडौं
More..